नुवाकोटमा पुर्वराजा ज्ञानेन्द्रको ‘जयजयकार’
विदुर खबर
२०८१ चैत ७ गते १९:१८

नुवाकोट । पुर्व राजा ज्ञानेन्द्र शाह नुवाकोट आएका छन् ।

गोरखा जान लागेका उनी ‘टोखा–छहरे–गगटे–देवीघाटबाट गल्छी’ हुदैँ त्यसतर्फ जानलाई नुवाकोट हुदैँ आएका हुन् ।
उनी केहीवेर नुवाकोटको विदुर ४ बट्टारमा रहेको सिदार्थ होटल वाटरटावरमा वसको थिए ।
उनी आउने सुचना पाएसँगै उनका सर्मथकहरुले बजार क्षेत्रको विभिन्न स्थानमा जम्मा भएका थिए । राजा ज्ञानेन्द्रसँग स्वागतसँगै उनको तस्वीर लिन सबैले तछाँडमछाड गरेको दृश्य भने हेर्न लायक र रोचक थियो ।
सहभागिहरुले पुर्वराजालाई सक्रिय हुन आग्रह गर्दै उनको पक्षमा जयजयकार गदै ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ । राजा आऊ, देश बचाऊ । श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह जिन्दावाद ।’ जस्ता नारा लगाएका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया