ग्लोबल मनी विक : नुवाकोटका बैंक तथा वित्तिय संस्थाको प्रभातफेरी सम्पन्न

नुवाकोट । ग्लोबल मनी विक २०२५ को अवसर पारेर नुवाकोटमा रहेका बैंक तथा बित्तिय संस्थाहरुले बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन् ।

बैंक वित्तिय संस्था एवं बिमा कर्मचारी क्लब नुवाकोटको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम बट्टार क्याम्पसबाट शुरु भएर संगमचोक, विदुर, बट्टार वसपार्क हुँदै हावाघरमा पुगेर सम्पन्न भएको हो ।
‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ यो कार्यक्रम सप्ताहव्यापी रुपमा नुवाकोटका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले गरिरहेका छन् ।

कार्यक्रममा सहभागिहरुले वित्तीय साक्षरताको अभिबृद्धि गर्ने विभिन्न ब्यानर तथा प्ले कार्ड प्रर्दशन गरेका छन् ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ ।

नेपालमा यस अभियानको आयोजन नेपाल राष्ट्र बैंकको संयोजनमा २०१३ देखि गरिँदै आएको हो। यो अभियानले हालसम्म १७६ भन्दा बढी मुलुकका छ करोडभन्दा बढी बालबालिका, किशोरकिशोरी र युवाहरुलाई लाभान्वित गरेको छ।
कार्यक्रममा विदुर नगरपालिका वडा नमबर २ का वडाध्यक्ष दिपक कायस्थ्य, वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धिमा सहयोग गरेको सरोवारवालाहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया