नुवाकोटमा चैत २३ मा त्रिशूली अल्ट्रा रेस हुने

नुवाकोट । त्रिशूली अल्ट्रा रेस चैत २३ मा हुने भएको छ। नेपाल एडभेन्चर रनिङ महासंघको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको मुख्य सहयोगमा चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट अल्ट्रा रेस सुरु हुने भएको हो।

राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्वसदस्यसमेत रहेका महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी तीन सय खेलाडीको सहभागिता रहने जानकारी दिए।
महिला/पुरुष गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौंदेखि दशौंसम्म हुनेले जनही तीन हजार रुपैयाँ प्राप्त गर्नेछन्।
नुवकोटको बेलकोटगढीस्थित नीरन्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिँढी बाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरवार, दारी गौडा, फलाटे, डाँडा गाउँ, गेर्खु शान्ति कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर सिँढी, चार घरे, रनभुवेश्वरी स्कुल, देवी घाट पुल हुँदै पवित्र तीर्थस्थल देवी घाट बजारमा पुगेर समाप्त हुने बताइएको छ।
प्रतियोगितामा करिब ३२ लाख ५१ हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया