सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड बनायो
विदुर खबर
२०८१ चैत ४ गते ११:२७

नुवाकोट । मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार २ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया