सिचाई पुल नजिक मोटरसाईकल र्दुघटना हुँदा एक जनाको मृत्यु
विदुर खबर
२०८१ फागुन ३० गते १९:४९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ सिंचाई पुल नजिक मोटरसाईकल र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर १ दानसिंङका ३२ वर्षिय चतुरमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बट्टारबाट दानसिङतर्फ गइरहेको बा ४६ प ८२५३ नम्बरको मोटरसाईकल र्दुघटनामा परेको हो । र्दुघटनामा परि घाइते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पताल नुवाकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तिव्रगतिका कारण र्दुघटना भएको प्रारम्भीक अनुमान गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया