गेर्खु स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको गेर्खु स्वास्थ्य चौकीको नव निर्मित भवनको सोमवार उद्घाटन गरिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङद्धारा निर्माण गरिएको भवनको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उप–प्रमुख प्रभा बोगटीले स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै प्रमुख श्रेष्ठले भवन निर्माणले सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गरे । उनले भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि आवश्यक सामग्री व्यवस्थाको लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारबिच सहकार्य र समन्वय गर्ने बताए ।
कार्यक्रममा विदुर नगरपालिकाका उप–प्रमुख प्रभा बोगटीले नगर बासीको स्वास्थ्य सेवा प्रवद्र्धनमा नगरपालिकाले काम गरिरहेको बताइन् ।
कुल डेढ करोड रुपैयाँको लागतमा नवनिर्मित १३ कोठे दुई तल्ले भवनको निर्माणसँगै सर्वसाधारणलाई उपचार सेवा प्रभावकारी हुने लक्ष्य रहेको विदुर नपाले जनाएको छ ।
स्वास्थ्य चौकी भवनको निर्माणसँगै दक्षजनशत्ति पनि स्वास्थ्य चौकीमा आउनुपर्ने उनले बताए । कार्यक्रममा महिलाहरूको लागि प्रजनन स्वास्थ्य शिविर र समुदाय स्तरमा क्षयरोग सम्बन्धी सक्रिय खोजपड्ताल कार्यक्रम समेत गरिएको थियो ।
चौकी इन्चार्ज देवकी डोटेलले पहिले साँघुरो कोठा भएका भवनबाट सेवा दिँदै आएकोमा अब सहज हुने बताइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया