एसईईमा ४ जीपीए ल्याउनेलाई विदुर ५ ले ५० हजार दिने

विदुर खबर २०८१ फागुन २८ गते १३:१८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र रहेको विद्यालयबाट यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

Advertisement

वडाध्यक्ष लिलानाथ न्यौपानेले वडाभित्र रहेको विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । परीक्षाका लागि विद्यार्थीलाई मनोबल बढाउँदै थप हौसला प्रदान गर्न प्रोत्साहन रकम घोषणा गरिएको उनले बताए । शिक्षाको गुणस्तर कामय गर्न पनि यसले सहयोग पुग्ने वडाध्यक्ष न्यौपानेको उल्लेख गरे ।

साधारणसभामा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा सहकारीका सल्लाहकार लिलानाथ न्यौपाने ।

विदुर नगरपालिका वडा नम्बर ५ ले यसअघि वडा कार्यालय भित्र रहेका विद्यालबाट ए प्लस ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिसकेको छ ।

Advertisement

यसवर्षको एसईई परीक्षा ७ चैतदेखि सञ्चालन हुँदैछ । यस वर्षको एसइई परीक्षामा नुवाकोटका चार हजार ६१३ जना विद्यार्थीहरुले परीक्षा दिदैंछन् । परीक्षामा नियमिततर्फ तीन हजार ४४२ र प्राविधिकतर्फ २२६ विद्यार्थी सहभागी हुँदैछ ।

नुवाकोटमा परिक्षाको लागि २१ वटा केन्द्र तोकिएको छ ।

Advertisement

प्रतिक्रिया