रसुवामा एमाले छाड्नेको लर्काे
विदुर खबर
२०८१ फागुन २८ गते १०:५८

नुवाकोट । नेकपा एमाले रसुवामा पछिल्लो समय एमाले परित्याग गर्ने लर्काे लाग्न थालेको छ ।

एमाले रसुवा जिल्ला समिति सदस्य एवं कालिका गाउँपालिकाकी पूर्वअध्यक्ष सीताकुमारी पौडेल अधिकारीले पार्टी परित्याग गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । ‘म आजका मितिदेखि नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्दछु’, पौडेलले भनेकी छन् ।
आफ्नो व्यक्तिगत स्वतन्त्रता भएकाले कसैलाई पनि टिकाटिप्पणी नगरिदिन उनले आग्रह गरेकी छन् । अधिकारी ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट कालिका गाउँपालिका अध्यक्ष निर्वाचित भएकी थिइन् ।
पूर्वसंविधानसभा सदस्य तथा जिल्ला अध्यक्ष जनार्दन ढकालले केही दिनअघि एमाले छाडेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया