होली पर्व सभ्य रूपमा मनाउन नुवाकोट प्रशासनको आग्रह

विदुर खबर २०८१ फागुन २७ गते २१:५२

नुवाकोट । नजिकिँदै गरेको रंगहरुको पर्व होली अवसरमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले सूचना जारी गरी सभ्य, भव्य र सुसंस्कृत रूपमा होली मनाउन आग्रह गरेका छन् । होली पर्वको शुभकामना समेत दिँदै हुमागाईले पर्व मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

यसवर्ष फागुन २९ गते पहाडको र चैत १ गते तराईको होली परेको छ । पर्व मनाउँदा एकअर्काको इच्छाविपरीत जबरजस्ती गर्न खोजे कानुनी कारबाहीको विषय बन्नेतर्फ उनले सचेत गराएका छन् ।

Advertisement

इच्छाविपरीत जबरजस्ती रंग र लोला हान्ने तथा फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीलाई दुःख एवं कष्ट र हैरानी दिने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउनेजस्ता कार्यलाई प्रशासनले गैरकानुनी भनेको छ ।

यस्तै, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, सार्वजनिक स्थानहरुमा होहल्ला नगर्न, चर्काे आवाजमा बाजा नबजाउन प्रशासनले आग्रह गरेको छ ।

Advertisement

कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न नगराउन एवं स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होली खेल्न प्रशासनको आग्रह छ ।

प्रतिक्रिया