मनिषालाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति

विदुर खबर २०८१ फागुन २७ गते २०:४८

नुवाकोट । मुक्तिनाथ विकास बैंक लिमिटेड बट्टार शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नुवाकोटको विदुर ५ माझिटारमा रहेको च्वाडी पब्लिक माविका छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

Advertisement

बैंकले मुक्तिनाथ उत्कृष्ट छात्रवृति अन्र्तगत च्वाडी पब्लिक माध्यामिक विद्यालयको कक्षा ११ अध्ययनरत छात्रा मनिषा नेपालीलाई छात्रवृति प्रदान गरेको मुत्तिनाथ विकास बैंक लिमिटेड बट्टार शाखा प्रमुख माधव अधिकारीले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकले विगत केही वर्षदेखि मुक्तिनाथ उत्कृष्ट छात्रवृति अन्तरगत कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आइरहेको छ ।

Advertisement

बैंकले न्युन आय भएका, विपन्न तथा कृषक परिवारका विधार्थीहरु मध्येबाट एक जनालाई माध्यमिक तह (कक्षा ११) अध्ययन गर्न छात्रवृति प्रदान गरेको हो ।

प्रतिक्रिया