सेयर बजारमा उच्च गिरावट

नुवाकोट ।साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ । यो सहित लगातार पाँचौं दिन बजार घटेको छ । आज बजार खुलेदेखि कुनै पनि समय हरियो हुन सकेन ।
बजारको अंक घटे पनि कारोबार रकम उस्तै छ । अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोडको भयो । कुल २४ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने २ को स्थिर रह्यो ।
यस दिन सबै सेक्टर घटेका छन् । अन्य सेक्टर सबैभन्दा धेरै २.६९ प्रतिशत घट्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमाको मूल्यमा आएको करेक्सनले समग्र सेक्टरलाई बढी प्रभाव पार्यो ।
बैंकिङ १.३६, विकास बैंक १.७१, फाइनान्स १.८७, हाइड्रोपावर १.६६, लगानी २.४९, जीवन बीमा १.७४, उत्पादन ०.९१, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा १.२६, अन्य २.६९ तथा व्यापार ०.८१ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । बढेका अरु कम्पनीको वृद्धिदर ४ प्रतिशतभन्दा न्यून रह्यो ।
उपकार लघुवित्त र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । राप्ती हाइड्रोपावरको ९.८७, समाज लघुवित्तको ७.२८ तथा सगरमाथा जलविद्युतको मूल्य ५.२८ प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब १२ करोडको कारोबार भयो । कम्पनीको मूल्य भने २.५२ अंक घट्यो । त्यसपछि कारोबारका आधारमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया