खैरो हेरोइन बोकेर हिँडेका नुवाकोटका विक्रम पक्राउ 

विदुर खबर २०८१ फागुन २१ गते १०:४७

नुवाकोट । खैरो हेरोइनसहित नुवाकोटका एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट उनलाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ का २७ वर्षिय विक्रम तामाङ रहेका छन् ।

Advertisement

यस्तै पक्राउ पर्ने अन्यमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय रोमश्वर अधिकारी छन् ।

उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको मोटरसाइकल र क्रेटा गाडी समेत नियन्त्रणमा लिइएको छ । उनीहरू मोटरसाइकल र बा १५ च १७७३ नम्बरको क्रेटा गाडीमा खैरो हेराइन बोकेर हिँडेको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया