गजलमय बन्यो धादिङ

नुवाकोट । सागर सुकाइदिन्छु, ढुंगा गलाइदिन्छु
कारण बताउँदा म, तिम्रै बताइदिन्छु ।

गजलकार राधा कणेलले गजलका यी मिसरा वाचन गरिरहँदा धादिङबेंसीको नीलकण्ठ बालमन्दिर माविको हल ‘वाहवाह’ र तालीले गुञ्जायमान बनेको थियो ।
तत्कालै उनी यी मिसरामा पोखिइन् :
फकाउँदै, फुल्याउँदै सुर्याउने हजार छन्
उठाएझैं गरीगरी, लडाउने हजार छन् ।
सयौंको संख्यामा रहेका भाषा, साहित्य, कला र संस्कृतिप्रेमीहरूबीच शनिबार गजल साँझ सम्पन्न भयो ।
बाग्मती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा भएको २ दिने बाग्मती साहित्य महोत्सव, २०८१ मा शनिबारको सेसनमा गजल प्रशिक्षण र गजल साँझ पनि राखिएका थिए । उक्त गजल प्रशिक्षणमा गजलकारद्वय आँचलकुमार शर्मा र सुमी पोखरेलले प्रशिक्षण दिएका थिए ।
नेपाल गजल प्रतिष्ठानले संयोजन गरेको गजल साँझमा गजलकार बिनोद बिम्बित यसरी पोखिए :
कस्तो मीठो खिल थियो दिलमा
अस्ति उसको दिल थियो दिलमा ।
बिम्बितका यी मिसरामा श्रोता यसरी मुग्ध बने कि हरेक शेरमा ‘वान्स मोर’ सुनिन्थ्यो । यस्तै सुन्दर र सशक्त शेरहरूमा जमे प्रदीप रोदन, डा. प्रदीपकुमार मैनाली, रोमा लम्साल, आर्य आयुषा, अविभास सापकोटा, परिविक्रम, अनजान यात्री, दीप मिलनलगायतका गजलस्रष्टाहरू । नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले सहजीकरण गरेको गजल साँझ साँच्चै भव्य, सभ्य र उत्कृष्ट भएको उपस्थित श्रोताहरूको प्रतिक्रिया थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया