भारतमा गाडी दुर्घटना, एकै परिवारका ४ नेपालीको मृत्यु, ३ घाइते
विदुर खबर
२०७५ कार्तिक ६ गते १:१८
एजेन्सी कार्तिक ६, भारतमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुली जिल्लाका ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीले जनाएको छ । जसमध्ये दुर्घटनामा घाइते हुने सोही परिवारका महिला सदस्य र कार चालक रहेको प्रहरीले जनाएको छ ।उक्त दुर्घटना गोरखपुरबाट वारणासीतर्फ जाने बेला राजादेपुर गाउँमा उनीहरुको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया