काठमाडौंमा बसभित्र पाकेट मार्ने धादिङका दुईजना पक्राउ

विदुर खबर २०८१ फागुन १७ गते ६:४७

नुवाकोट । बसभित्रै पाकेटमारी गरेको आरोपमा प्रहरीले धादिङका दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

कलंकीबाट बसपार्क जाँदै गर्दा १२ फागुनमा ५१ वर्षीय पुरुषको पाकेटमारी भएको थियो । उनको साथमा रहेको ५० हजार रुपैयाँ पाकेट मारेर एक समूह फरार भएको थियो ।

पक्राउ पर्नेहरुमा धादिङका २७ वर्षीय बिदुर कमल र विवेक ढुंगाना छन् ।

Advertisement

 उनीहरुविरुद्ध प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया