नुवाकोटका गुरुङ सालकको खपटासहित पक्राउ

विदुर खबर २०८१ फागुन १२ गते ८:०४

नुवाकोट । संरक्षित वन्यजन्तु सालकको खपटासहित नुवाकोटका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षिय सन्तवहादुर गुरुङ रहेका छन् । गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार साँझ काठमाण्डौको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

उनीसहित अन्य तीनजनाबाट साढे ८ किलो सालकको खपटा बरामद गरिएको हो ।

Advertisement

पक्राउ परेकाहरुलाई खपटासहित डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।

प्रतिक्रिया