धादिङका गुरुङको रोलरको ठक्करबाट मृत्यु
विदुर खबर
२०८१ फागुन ९ गते १७:३०

नुवाकोट । काठमाडौं महानगरपालिका-१३ पुरानो कालिमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङ गंगाजमुना गाउँपालिका-५ का ५५ वर्षीय साने गुरुङ रहेका छन्। निर्माणाधीन पिच सडक पेल्ने रोलरले राति १ बजे गुरुङलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना पछि फरार रहेका चालक मकवानपुर थाहा नगरपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्यूचाटार बस्दै आएका १८ वर्षीय उमेश स्याङताङ पक्राउ परेका छन्।
उनलाई स्यूचाटारबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
स्याङताङलाई प्रहरी वृत्त कालिमाटीमा पठाइएको प्रहरीले जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया