गायक दुर्गेश हेर्न विदुर खेलकुद तथा पर्यटन महोत्सवमा दर्शक उर्लिए

नुवाकोट । नुवाकोटको विदुरर नगरपालिका वडा नम्बर ५ पिपलटारमा जारी प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सवमा बुधवार गायक दुर्गेश थापालाई हेर्न दर्शक महोत्सव स्थलमा उर्लिएका छन् । ।
बुधवार प्रजातन्त्र दिवसको अवसरमा सार्वजिनक विदा परेसँगै पुर्नको साथै गायक दुर्गेश थापाको क्रेजको कारण महोत्सव स्थलमा दर्शक उर्लिएका हुन् । मध्य फागुनको तातो र चिसो बिर्साउँदै थापाले करिब डेढ घण्टासम्म जोसिलो प्रस्तुति दिएका थिए ।
दिउँसो सुरु भएको महोत्सव रातिसम्म चलेको थियो, जसमा मुख्य आकर्षण दुर्गेश नै थिए । अनेकन् विवादमा मुछिँदै र आलोचना खेप्दै आए पनि फ्यानहरूमा दुर्गेशको क्रेज नघटेको कार्यक्रमको माहोलबाट देखिन्थ्यो । स्टेजमा उद्घोषकले दुर्गेशको नाम लिनासाथ दर्शकले चर्को हुटिङका साथ स्वागत गरे । उनका हरेक प्रस्तुतिमा दर्शक रमाएका थिए
दुर्गेशले पनि दर्शकलाई मनोरञ्जन गराउन कुनै कसर बाँकी राखेनन् । सुरुमा स्टेज उक्लेका दुर्गेश जोस चढ्दै गएपछि ज्याकेट र टिसर्ट समेत फुकालेर स्न्याडो गन्जीमा पेश भए । उनको गायनभन्दा पर्फमेन्स बढी दमदार थियो । स्टेजमा दुर्गेशले यति धेरै उफ्राउफ्री गीत र डान्स गरे कि उनी असिनपसिन बनेका थिए ।
महोत्सवको लागि हेलिकप्टरबाट नुवाकोट आएका दुर्गेशले फेसबुकमाउक्त महोत्सवका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
हेर्नुस दुर्गेशको स्टेज शोका केही झलक
https://www.facebook.com/bidurkhabarofficial/videos/998247659019947
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया