नेपाल किसान संघ नुवाकोटको अध्यक्षमा पाठक

नुवाकोट । नेपाल किसान संघ नुवाकोटको अध्यक्षमा अजय पाठक निर्वाचित भएका छन् ।
शनिवार विदुरमा भएको नेपाल किसान संघ नुवाकोटको अधिवेशनले पाठकको नेतृत्वमा २६ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको निर्वाचन अधिकृत रामचन्द्र ढुङ्गेलले जानकारी दिए ।
उपाध्यक्षमा गोपाल खनाल र महिला उपाध्यक्षमा निलादेवि फुयाल निर्वाचित भएका छन् । यस्तै सचिवमा अमृत तिवारी र सह–सचिवमा हरिकृष्ण अधिकारी चयन भएका छन् ।
संघको सदस्यमा सरोज लामा, गोकर्ण न्यौपाने, कृष्णप्रसाद ओझा, सेल्करसिंह गुरुङ, गोकर्ण खनाल, सावित्री थापा, श्रीकृष्ण गजुरेल, रामकुमार पाण्डे, माधवप्रसाद भट्ट र सुरेन्द्र तामाङ रहेका छन् ।
त्यस्तैअन्य सदस्यहरुमा विष्णुप्रसाद श्रेष्ठ, रामकृष्ण पाण्डे, जगन्नाथ नेपाल, रमेशकुमार वस्नेत, विवा गुरुङ, सुनामाया तामाङ। बद्रीनाथ ढुङ्गाना, दिपक श्रेष्ठ अञ्जु तामाङ, प्रमिला डंगोल र तारा के.सी रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया