बट्टार ब्रर्दस गु्रपको १० औ वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेकोे बट्टार ब्रर्दस गु्रपको १० औ वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बट्टार ब्रर्दस गु्रपले स्थापना कालदेखिनै सामाजिक क्षेत्रमा काम गरिरहेको भन्दै खुशी व्यक्त गरे । उनले स्थानिय सरकारले गर्नपर्ने काममा बट्टार ब्रर्दस गु्रपले सघाइरहेको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । मयेर श्रेष्ठले बट्टार ब्रर्दस गु्रपले गर्ने आगामी कार्यक्रममा नगरपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साधारणसभामा बोल्दै बट्टार ब्रर्दस गु्रपका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले स्थापना कालदेखि आफ्नो संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको उल्लेख गरे । उनले बट्टार ब्रर्दस गु्रपले विदुर नगरपालिका वडा नम्बर ५ का मृगौलापिडित जीवन श्रेष्ठलाई २७ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुको साथै श्री कृष्ण प्रणामी मन्दिरमा आयोजित श्रीमद्भागवत कार्यक्रममा ५ हजार रुपैयाँ सहयोग गरेको बताए ।
त्यस्तै बाराही मन्दिरमा ५२ हजार बरावरको गजुर हस्तान्तरण गर्नुको साथै साधाकृष्ण मन्दिरमा ११ हजार रुपैयाँ बराबर पर्नै स्टीलको दराज हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताए । यस्तै स्वर्गिय धुव्र अमात्य स्मृति फुटवल प्रतियोगिता आयोजना गर्न ५२ हजार रुपैयाँ सहयोग गरिएको समेत उनले बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ र ४ का वडाध्यक्षहरु दिपक कायस्थ र निलमबावु ढुङ्गेल, नुवाकोट उदोग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले अबका दिनमा बट्टार ब्रर्दस गु्रपले व्यवसायको दायरा बढाउनुपर्ने बताए ।
उनीहरुले जिल्लामा रहेका स्थानिय प्रतिष्ठीत व्यवसायिहरुको समुह यसमा आवद्ध रहेकोले अवका दिनमा व्यवसायिक रुपले लगानी विविधिकरण गरि काम गर्नुपर्ने बताए । उनीहरुले सामुहिक प्रयासबाट गरेको व्यवसायबाट सफलता मिल्ने भन्दै त्यसतर्फ लाग्नुपर्ने जोड दिए ।
साधारणसभामा बट्टार युवा क्लबका अध्यक्ष सुरज श्रेष्ठ, युनाइटेड युथ क्लबका अध्यक्ष अच्युतराज गिरी, बट्टार टोल विकास समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष नमराज सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
२०७१ सालमा स्थापना भएको बट्टार ब्रर्दस गु्रपले स्थापना कालदेखिनै विभिन्न सामाजिक र धार्मिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया