विदुर मेयर कप बुद्धिचाल : नुवाकोटका खेलाडीद्धारा राष्ट्रिय च्याम्पियन जोशी पराजित

विदुर खबर २०८१ फागुन ७ गते ११:२८

नुवाकोट । नुवाकोटको ढुङ्गेमा जारी प्रथम विदुर मेयर कप खुल्ला रेटिङ कप बुद्धिचाल प्रतियोगिता अन्र्तगत आज विहानैदेखि तेस्रो चरणको खेल जारी छ ।

Advertisement

तेस्रो चरणको खेल अन्र्तगत नुवाकोटको त्रिशुलीका अनरेटट खेलाडी वसन्त श्रेष्ठले तीनपटकको राष्टिय महिला च्याम्पियन तथा २५ औं राष्ट्रिय प्रतियोगिताकी विजेता सिन्दिरा जोशीलाई पराजित गरेका छन् ।

नुवाकोट जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगिता भोलिसम्म संचालन हुनेछ ।

Advertisement

 

प्रतिक्रिया