प्रथम विदुर मेयर कप बुद्धिचाल प्रतियोगिता शुरु

नुवाकोट । नुवाकोटमा आजदेखि प्रथम विदुर मेयर कप खुल्ला रेटिङ कप बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।
नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजना तथा नेपाल बुद्धिचाल महासंघको सह–आयोजना र विदुर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकालाई खेलकुद प्रतियोगिताको एउटा हवको रुपमा विकास गर्नको विभिन्न खेल क्षेत्रसँग सहकार्य गर्दै अघि बढिरहेको बताए । उनले खेलकुदको माध्यमबाट नुवाकोटमा पर्यटन प्रवद्र्धन गर्न सकिने भएकोले सबै सरोकारवालाहरुले सहकार्य गर्नुपर्नैमा जोड दिए । मेयर श्रेष्ठले बुद्धिचाल खेलको विकासका लागि नगरपालिकाले सधैँ हातेमालो गर्ने प्रतिवद्धता व्यत्त गरे ।
फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी झण्डै ८० जना खेलाडीकोे सहभागिता रहेको आयोजक नुवाकोट जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । स्विस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेल नवौँ राउन्डसम्म सञ्चालन हुने र जसको बढी अङ्क आउँछ सोहीअनुसार विजयी हुने जोशीले बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबावु ढुङ्गेल, वडा नम्बर ९ का वडाध्यक्ष हरिराम भण्डारी, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हिराकाजी मर्हजन जिल्ला खेलकुद विकाश समिति नुवाकोटका अध्यक्ष विजय गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगिता शुरु हुनुअघि सहभागिहरुलाई धिमे बाजासहित ढुङ्गे र त्रिशुली परिक्रमा गरिएको थियो ।
प्रतियोगिताको लागि विदुर नगरपालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतियोगिताको पुरस्कार २ लाख १७ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको कुल खर्च ४ लाख ५२ हजार ५ सय अनुमानित खर्च छ ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने द्वितीयले २० हजार, तृतीयले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंदेखि दसौं हुनेले समान ५–५ हजार र प्रमाणपत्र हात पार्नेछन् ।
यस्तै नुवाकोट जिल्लाबाट प्रथम हुने खेलाडीले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीयले १० हजार पाउनेछन् ।
महिला विधातर्फ प्रथम हुनेले ८ हजार, दोस्रोले ७ हजार र तेस्रोले ६ हजार पाउनेछन् । उत्कृष्ट नवप्रवेशी खेलाडी, ५५ वर्ष माथिका सिनियर खेलाडी, रेटिङ १६ सयमुनि, रेटिङ १८ सयमुनि, युवा १६ वर्ष र १८ वर्षमुनिका विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई ३ हजार, २ हजार र १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया