प्रेस सेन्टर नुवाकोटको अध्यक्षमा खनाल

विदुर खबर २०८१ फागुन ४ गते १४:०५

नुवाकोट । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नुवाकोटको अध्यक्षमा जगदिश खनाल चयन भएका छन् ।

Advertisement

शनिवार विदुरमा भएको प्रेस सेन्टर नुवाकोटको चौथो जिल्ला सम्मेलनले खनालको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा सुजित भण्डारी र महिला उपाध्यक्षमा प्रीतिका थापा चयन भएका छन् ।
यस्तै सचिवमा प्रल्हाद पुडासैनि, सह–सचिवमा दिपेश न्यौपाने र सुनिता गुरुङ चयन भएका छन् भने कोषाध्यक्षमा द्वारिका प्याकुरेल निर्वाचित भएका छन् ।

Advertisement

यस्तै सदस्यहरु करुणा लामिछाने, पार्वती बि.क. बिनिता पनेरु, पुन्यप्रभा ढुङ्गाना रहेका छन् ।

त्यस्तै केन्द्रिय प्रतिनिधिमा बद्री प्रसाद प्याकुरेल, रामहरि गजुरेल र बिष्णु प्रसाद अधिकारी रहेका छन् भने प्रदेश प्रतिनिधिमा रुपा अर्याल करुणा लामिछाने र शारदा प्रसाद ढकाल रहेका छन् ।

Advertisement

प्रतिक्रिया