विदेश पठाइदिने भन्दै ठगीको आरोपमा धादिङका अधिकारी पक्राउ
विदुर खबर
२०८१ फागुन ३ गते २१:१९

नुवाकोट । अमेरिका, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले धादिङका एक सहित अन्य दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का दिनेश अधिकारी छन् ।
अधिकारीले एक युवकलाई अमेरिका पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार रुपैयाँ ठगेको उजुरी परेको छ । अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनाबाट ७१ लाख ७० हजार रुपैयाँ ठगेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
पीडितहरूका अनुसार पैसा लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए । प्रहरीले तीनजनालाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया