एमाले विदुर अधिवेशन : भारी मत ल्याएर चालिसे उपाध्यक्षमा निर्वाचित

विदुर खबर २०८१ फागुन १ गते १५:१५

नुवाकोट । नेकपा एमाले विदुरको दोस्रो अधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्षमा श्यामकृष्ण चालिसे विजयी भएका छन् ।

विदुर नगर कमिटिको उपाध्यक्षमा निर्वाचित भएका चालिसे र अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ । फोटो : सुनिल श्रेष्ठ ।

Advertisement

उपाध्यक्षमा निर्वाचित भएका चालिसेले आफ्ना निकटतम प्रतिद्धन्द्धी देवनारायण चित्रकरलाई झन्डै दोब्बर मतान्तरले पराजित गरेका हुन् । चालिसे एकसय ७३ मत ल्याएर विजयी हुँदा पराजित देवनारायण चित्रकारले जम्मा ९० मत पाए ।

२ सय ७४ मतदाता रहेको एमाले विदुर नगरको अधिवेशनमा चालिसेले सर्वाधिक मत ल्याएर विजयी हुन् । उनीपछि सर्वाधिक मत अध्यक्ष संजीववहादुर श्रेष्ठले पाएका छन् ।

Advertisement

अध्यक्षमा विजयी भएका संजीव श्रेष्ठले एकसय ५८ मत ल्याउँदा पराजित अनुजकुमार श्रेष्ठले एकसय ६ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा भारी मत ल्याएर विजयी भएका चालिसे विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष समेत हुन् ।

Advertisement

प्रतिक्रिया