एमाले विदुरको अध्यक्षमा श्रेष्ठको प्यानलनै निर्वाचित

विदुर खबर २०८१ फागुन १ गते ८:२१
विदुर नगर कमिटिको उपाध्यक्षमा निर्वाचित भएका चालिसे र अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ । फोटो : सुनिल श्रेष्ठ ।

नुवाकोट । नेकपा एमाले विदुर नगर कमिटीको अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ ।

Advertisement

बुधवार भएको दोस्रो नगर अधिवेशनले श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । राती अवेर आएको मतगणनाको नतिजा अनुसार अनुजकुमार श्रेष्ठलाई ४८ मतको मतान्तरले हराउँदै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

सञ्जिवबहादुरले १५८ मत प्राप्त गर्दा अनुजले १०६ मत मात्र प्राप्त गरे । यस्तै, नगर कमिटीको उपाध्यक्षमा फराकिलो मतान्तरले श्यामकृष्ण चालिसे निर्वाचित भए । उनले १७३ मत प्राप्त गर्दा प्रतिद्वन्धि देवनारायण चित्रकारले ९० मत प्राप्त गरे ।

Advertisement

सचिवमा तोयानाथ तिमिल्सिना निर्वाचित भए । उनले १४८ मत प्राप्त गर्दा उपेन्द्र रिमालले १०८ मत प्राप्त गरे ।

खुल्ला उपसचिवमा पूर्णबहादुर कार्की विजयी भए । उनले १३३ मत प्राप्त गर्दा डिल्लीप्रसाद गजुरेलले ११८ मत ल्याए गरे । महिला उपसचिवमा करिना नेपाल निर्वाचित भए । उनले १३७ मत प्राप्त गर्दा मुना पुडासैनी न्यौपानेले १०८ मत प्राप्त गरिन् ।

Advertisement

त्यसैगरि लेखा कमिटी अध्यक्षमा रामशरण तिम्सिना विजयी भए । उनले १२९ मत प्राप्त गर्दा रामकृष्ण खड्काले ११८ मत हात पारे. ।

मतदानमा २ सय ७४ मत खसेको थियो । नगर कमिटिमा विजयी भएका पदाधिकारीहरुलाई छिट्टै सपथ खुवाउने निर्वाचन कमिटीका प्रमुख पुरुषोत्तम प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया