प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव शुरु
![](https://www.bidurkhabar.com/wp-content/uploads/2025/02/476914843_4030803987245368_6478898895922705948_n.jpg)
नुवाकोट । नुवाकोटमा आईतवारदेखि प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव शुरु भएको छ ।
पिपलटार फुटवल क्लबको आयोजना तथा जालपा मिडिया सर्भिसको व्यवस्थामा भएको महोत्सवको बाग्मति प्रदेशका मुख्यमन्त्रि बहादुरसिंह लामाले उद्घाटन गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्रि लामाले विदुर ५ पिपलटारमा क्रिकेट रंगशाला निर्माणको लागि प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले नुवाकोटको पर्यटन प्रर्वद्धनमा महोत्सवले सकरात्मक भुमिका खेल्ने बताए । मुख्यमन्त्रि लामाले नुवाकोटमा जलविहार मार्फत पर्यटन प्रर्वद्धन गर्न सके जिल्लाको मुहार फेरिने बताए ।
यस्तै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले महोत्सवले पिपलटार क्षेत्रको मात्रै नभई जिल्लाकै व्यापार व्यवसाय चलायमान हुने विश्वास व्यक्त गरे । उनले खेलकुद तथा पर्यटन महोत्सवले नुवाकोटको ऐतिहासिक धार्मिक पर्यटकिय स्थलहरुको समेत प्रर्वद्धन हुने बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले महोत्सवले नगरपालिकाको सम्र्बधन र खेलकुद मैत्रि पर्यटनको विकास गर्न महोत्सव सफल हुने बताए ।
उनले पिपलटारलाई चक्रपथ बनाएर आवासयि क्षेत्र बनाएर खेलकुदको नयाँ गन्तव्य बनाउन सकिने बताए ।
आजबाट शुरु भएको महोत्सव फागुन ७ गतेसम्म संचालन हुने छ । महोत्सवमा झण्डै २ सय ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया