विदुर नगरपालिकामा आज शोक विदा
विदुर खबर
२०८१ माघ २७ गते ८:३०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले आज नगरपालिका भरि शोक बिदा दिने निर्णय गरेको छ ।
विदुर नगरपालिका वडा नम्बर ९ की वडा सदस्य धनकुमारी सुनारको शनिवार विहान देविघाटमा नुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएपछि भएपछि नगरपालिकाले आज एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।
शनिवार विहान नुहाउने क्रममा खोलाले बगाएर वेपत्ता भएकी सुनारलाई महादेवफाँटस्थित त्रिशुली नदिमा मृत अवस्थामा फेला पारिएको थियो । सुनारको निधनले नगरपालिका परिवार स्तब्ध भएको जनाइएको छ ।
वडा सदस्य सुनारको असामयिक निधन भएकोले नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरूमा शोक बिदा दिने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलद्धारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाको सुचना ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया