बट्टार क्याम्पसको नवनिर्वाचित संचालक समितिको सपथ ग्रहण सम्पन्न
नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको सञ्चालक समितिका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको शंशोधिन विधान २०७७ वमोजिम निर्वाचित भएका सञ्चालक समितिका निर्वाचित पदाधिकारीहरुले सपथ खाएका हुन् ।
बुधवार क्याम्पसमा आयोजित एक कार्यक्रममा दशौं क्याम्पस सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित क्याम्पसको संचालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठलाई निर्वाचन अधिकृत सुकुमान डंगोलले अध्यक्षको सपथ खुवाएका थिए भने संचालक समितिका सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
शनिवार भएको क्याम्पसको अध्यक्षमा श्रेष्ठ लगायत सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । जसमा सदस्यहरुमा अच्युतराज महन्त गिरी, सुरेन्द्र मुडवरी, प्रकाशचन्द्र ढंगाना, राजेन्द्र श्रेष्ठ, भगवती खनाल, ध्रुव ढकाल, मोहन बहादुर खड्का, रामहरि घिमिरे रहेका छन् ।
लेखा परीक्षण समितिका संयोजकमा राजाराम अधिकारी र सदस्यहरुमा रामकृष्ण गजुरेल, गंगा नेपाली रहेका छन् ।
संचालक समिति तथा लेखा परिक्षण समितिको पदाधिकारीहरुको सपथग्रहण कार्यक्रममा बोल्दै क्याम्पस संचालक समितिका अध्यक्ष श्रेष्ठले क्याम्पसले विभिन्न आरोह अवरोह पार गर्दै आएकोले क्याम्पसको विधान अनुुसार काम गर्ने बताए । उनले क्याम्पसको सर्वाेच्च निकाय भनेकै क्याम्पससभा रहेकोले मनमा केही असन्तुष्टि भए त्यहाँ राख्न सकिने बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख नारायणमान डंगोलले पछिल्लो समस्य प्लस टु र स्नातकमा पढ्ने विद्यार्थीहरुको संख्या घटिरहेको बताए । उनले नयाँ निर्वाचित संचालक समितिले क्याम्पसको शैक्षिक उनन्नयनमा काम गर्ने विश्वास व्यक्त गरे ।
यस्तै पुर्व क्याम्पस प्रमुख जितेन्द्र अर्यालले नयाँ कार्यसमितिले विद्यार्थी र अभिभावकहरुको मन जित्दै गर्भिलो काम गर्नुपर्ने बताए । उनले पछिल्लो केही वर्ष क्याम्पसमा विद्यार्थी संख्या घटिरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य छत्रराज डंगोल, स्ववियु सभापति रविन दाहाल लगायतले क्याम्पसको शैक्षिक वातावरण र भौतिक अवस्था राम्रो भएपनि विद्यार्थी घट्दै जानु सुखद पक्ष नभएको बताएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया