गणेशसुर्य आधारभुत विद्यालयमा स्टेसनरी सामग्री वितरण

नुवाकोट । नुवाकोटबाट अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुको संस्था ‘अमेरिका नुवाकोट सहयोग समितिले’ लिखु गाउँपालिका वडा नम्बर ३ मालाकोटमा रहेको गणेशसुर्य आधारभुत विद्यालयमा स्टेसनरी सामाग्री वितरण गरेको छ ।
सोमवार विद्यालयमा आयोजित एक कार्यक्रममा समितिले उपलब्ध गराएको स्टेसनरी सामाग्री गाउँपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारी र प्रमुख प्रशासकिय अधिकृत अशोक विष्टले विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् ।
‘अमेरिका नुवाकोट सहयोग समितिले’ विद्यालयमा एक लाख रुपैयाँ वरावरको स्टेसनरी सामाग्री उपलब्ध गराएको हो । वितरण गरिएको स्टेसनरी सामाग्रीहरुमा कपि, पेन्सिल, ईरेजर, कटर जोमेट्रि बक्स लगाएत रहेका छन् ।
स्टेशनरी सामाग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष अधिकारीले गाउँपालिकामा बजेट अभावका कारण विद्यालयहरुलाई देख्ने गरि सहयोग गर्न नसकिएको बताइन् । उनले विद्यालयको शैक्षिक स्तर सुधार गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक सबै जिम्मेवार हुनुपर्ने उल्लेख गरिन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्टले आगामी वर्षको बजेटबाट गाउँपालिकाको विद्यालयहरुमा ईहाजिरीको व्यवस्था मिलाइने बताए । यस्तै विद्यालयमा सिसिटिभी जडान गर्नुको साथै कम्प्युटर ल्याबलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा लिखु गाउँपालिका शिक्षा शाखा प्रमुख शेरसिंह रावतले पछिल्लो समय शिक्षमा क्रमिक रुपमा लगानी घट्दै गएको बताए ।
यस्तै विद्यालयका प्रध्यानाध्यापक दुर्गाराज पाण्डेले ‘अमेरिका नुवाकोट सहयोग समितिले’ आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका विद्यालयमा स्टेसनरी सामाग्री उपलब्ध गराएको बताए ।
उनले विद्यालयको शैक्षिक स्तर सुधार गर्न विभिन्न सामाजिक संघसंस्थाको सहयोग भएपनि पर्याप्त नभएको भन्दै स्थानिय सरकारले बढी जिम्मेवार लिनुपर्ने बताए ।
आगामी दिनमा पवि विद्यालयमा यस्तै सेवामूलक र प्रभावकारी कार्यक्रमहरू गरिरहने ‘अमेरिका नुवाकोट सहयोग समितिले’ जानकारी दिएको छ ।
विद्यालयमा हाल ८८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया