विदुर मेयर कप बुद्धिचाल प्रतियोगिता हुने
नुवाकोट । प्रथम विदुर मेयर कप बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजना तथा विदुर नगरपालिकाको सहकार्यमा ४ देखि ६ फागुनसम्म प्रथम विदुर मेयर कप खुल्ला बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।
स्विस नियमअनुसार हुने प्रतियोगितामा सहभागी हुन आउने नुवाकोट जिल्ला वाहिरका खेलाडीको लागि बस्नको सुविधा आयोजकले निःशुल्क उपलब्ध गराउने नुवाकोट बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो स्थानमा रहने खेलाडीले २० हजार र तेस्रो स्थानका खेलाडीले १५ हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी चौथो हुनेले १० हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ८ हजार रुपैयाँ जित्नेछन् । त्यस्तै छैठौँदेखि १० औ स्थानमा रहने खेलाडीले ५ हजार हात पार्नेछन् ।
यस्तै नुवाकोटबाट प्रथम हुनेले २५ रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो स्थानमा रहनेले १५ हजार र तेस्रो स्थानका खेलाडीले १० हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी चौथो हुनेले ७ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ५ हजार रुपैयाँ जित्नेछन् ।
प्रतियोगिताका खेलहरु ढुङ्गेस्थित याङग्रा होटलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि झण्डै ४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताले नुवाकोटको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने नुवाकोट बुद्धिचाल संघको अध्यक्ष प्रकाश जोशीले बताए ।
प्रतियोगितामा भारतसहित नेपालका शिर्ष वरियताका खेलाडीहरुको समेत सहभागिता रहने भएको छ । प्रतियोगितामा सहभागिताको लागि प्रतिव्यक्ति दर्ता शुल्क एक हजार रुपैयाँ लाग्ने बताइएको छ ।
सम्बन्धित समाचार
नुवाकोट बुद्धिचाल संघको अध्यक्षमा जोशी
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया