रसुवा तातोपानीकी तामाङको शव फेला
विदुर खबर
२०८१ माघ १३ गते १५:०२

नुवाकोट । काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ । रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो । उनी सोही होटलमा बसेकी थिइन् ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।
सम्बन्धित
प्रतिक्रिया