रसुवाका पासाङ चौंरी पालनबाट वार्षिक २० लाख कमाउँदै
विदुर खबर
२०८१ पुष २१ गते २०:४०

रसुवा । रसुवाको साविक धुन्चे गाविस वडा नम्बर ९, नागुङ (हाल गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६) निवासी पासाङ तामाङ चौंरी पालनबाट वार्षिक २० लाख कमाउँदै आएका छन्। उनी भन्छन्, “दुःख अनुसार कमाई हुन्छ।”
उनले व्यक्तिगत रूपमा ६० वटा चौंरी पालेका छन्। २०७१ सालदेखि पम्पोला च्यावाचेत चौंरी फार्म दर्ता गरेर चौंरी पालन थालेका उनी सुरुवातमा १२ वटा चौंरीबाट सुरू गरेका थिए। हाल एक चौंरीको बच्चाको मूल्य ६० हजार रुपैयाँ पर्ने गरेको छ। पुख्र्यौली चौंरी पालनलाई निरन्तरता दिँदै उनले यसलाई आफ्नो प्रमुख आयआर्जनको माध्यम बनाएका छन्।
यस कार्यमा उनको श्रीमती र छोराछोरीले पनि साथ दिएका छन्।
सम्बन्धित
प्रतिक्रिया