नुस्कुनको चौथो वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (नुस्कुन) को चौथो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
शनिवार सहकारी संघको साधारणसभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल देशका केही सहकारीहरुमा समस्या देखिएको भन्दै त्यसको समाधानका बाटाहरु खोज्नुपर्ने भनाई ।
उनले राज्यले ल्याएका नीति तथा कानुनहरु प्रत्युपादक भए सच्चाउनुपर्ने बताए । सहकारी समुदायभित्र रहने भएकोले सबैले सर्वाेपरि हित हुने काम गर्नुपर्ने बताए ।
साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष नारायण श्रेष्ठले प्रतिवेदन पेश गर्दै नुस्कुनलाई एउटा नमुना विषयगत संघको रुपमा स्थापित गर्न नीति, विधि र प्रविधिलाई उपयोग गरि काम गर्ने बताए ।
उनले आर्थिक वर्ष २०८०÷८१ सम्ममा संस्थाको शेयर पूजी १५ लाख ५५ हजार पुगेको जानकारी दिए ।
यस्तै साधारणसभामा कोषाध्यक्षको तर्फबाट आर्थिक वर्ष २०८०÷८१ को लेखा परिक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷८२ को अनुमानित आय व्यय विवरण प्रस्तुत गर्दे कोषाध्यक्ष रामराजा श्रेष्ठले संघले एक लाख ८५ हजार ३ सय ६६ रुपैयाँ आम्दानी गरि एक लाख ७० हजार ९ सय १ रुपैयाँ खर्च गर्दै कल १४ हजार ४ सय ६४ रुपैया नाफा संकलन गरेको बताए ।
संघले १७ लाख ७८ हजार ४३ रुपैयाँ निक्षेप संकलन गरि २२ लाख १५ हजार ३ सय ४२ रुपैयाँ ऋण लगानी गरेको छ । आर्थिक वर्ष २०८०÷८१ सम्ममा संस्थाको शेयर लगानी एक लाख २० हजार रुपैयाँ रहेको छ ।
नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडमा हाल २० सदस्य संस्थाहरु आबद्ध रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया