स्वास्थ्य केन्द्रलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण
नुवाकोट । विदुर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरूलाई उपकरण हस्तान्तरण गरिएको छ।
विदुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गरिएको कार्यक्रममा मेयर राजन श्रेष्ठले विभिन्न स्वास्थ्य केन्द्रहरूलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे। उनले स्वास्थ्य केन्द्रमा उपचारका लागि आउनेहरूलाई प्रभावकारी रूपमा सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे।
विदुर नपाका १३ वटा वडामा गरि १९ वटा स्वास्थ्य संस्था रहेको र सबैलाई प्रविधियुक्त र विद्युतीय सामग्रीको प्रभावकारिता बनाउन एक/एक थान कम्प्युटर र एक/एक थान प्रिन्टर प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए। उनका अनुसार नगरका सबै स्वास्थ्य केन्द्रहरूलाई उपकरण प्रदान गरिसकिएको छ।
स्वास्थ्य केन्द्रका इन्चार्ज तथा प्रतिनिधिलाई ती उपकरणहरू हस्तान्तरण गरिएको हो। नगरमा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा तथ्यांक समावेश तथा कार्ययोजना प्रभावकारी बनाउन एक/एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरिएको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया