रसुवागढी नाकाबाट एक खर्बको सामग्री आयात

विदुर खबर २०८१ पुष १९ गते १०:३६

नुवाकोट । रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको पाँच महिनामा एक खर्बभन्दा बढीको सामग्री आयात भएको छ।

Advertisement

चालू आव ०८१/०८२ को साउनदेखि मंसिर मसान्तसम्ममा एक खर्ब २४ अर्ब ४२ करोड मूल्य बराबरको सामग्री आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

यो अवधिमा तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारीसाधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखरजस्ता वस्तु आयात भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए। सामग्री आयातबाट कार्यालयले १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

Advertisement

सो अवधिमा नेपालबाट ऊनी गलैँचा, बक्रम कपडा, तयारी कपडा, जडीबुटी, अगरबत्तीसमेत १५ करोड रुपैयाँ बराबरको विविध सामग्री निर्यात भएको छ।

आयात सामग्रीको नियमअनुसार मूल्यांकनबाट राजस्व दाखिला भइसकेको र आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेकाले करिब दुई सय कन्टेनरको धमाधम मूल्यांकन अगाडि बढिरहेको समेत उनले बताए।

Advertisement

केरुङबाट आयात भएका सामग्री बोकेका ट्रक सिधै भन्सार हातामा आउने र लामबद्ध तवरले परीक्षण एवं जाँच गरिँदै आएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया