किन हामीले शेरा दरबारको जमिनमा व्यानर गाड्याै ?
भू-माफियाको नितिगत लुट शेरादरबार
दिवंगत राजा पृथ्वीनारायण शाहको नुवाकोट दरबार जादा आउदा बस्ने चाैतारी जस्तै थियो शेरादरबार अर्थात पृथ्वीनारायण शाहको लागि माैषमि दरबार ।
माैसम अनुसार आउदा जादा बस्ने दरबार हो नुवाकोट र शेरदरबार। शाह वंशको नाममा दर्ताकायम रहेको शेरा दरबार राजा त्रिभुवन शाहका छोरा अधिराजकुमार बसुन्धराकि श्रीमती हेलेन शाहको हो। अफसोच २०२१ सालमा राजा महेन्द्र विरबिक्रम शाहले जमिनमा भूमिसुधार लागू गरे र हदबन्दी भन्दा बढी जमिन व्यक्ति ले राख्न नपाउने भयो।तर हदबन्दी भन्दा बढी जमिन व्यक्तिको नाममा राख्न नपाएता पनि कृषि ट्रष्ट निर्माण गरि कम्पनीको नाममा राख्न पाउने कानुनी बाटो खुल्ला राख्नु नै पञ्चायती व्यवस्थाको नितिगत भ्रष्टाचार थियो।नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रात्मक व्यवस्था आएपछि राजा र राज परिवारको नाममा दर्ता कायम रहेको जग्गा या श्रीसम्पति सबै ट्ष्ट निर्माण गरि राख्ने कानुनीबाटो खुल्ला गरि सके पछि।राज परिवारकी कान्छी रानी हेलेन शाहको हदबन्दी लागेर कृषि फार्मेनिङ निर्माण गरेर लुकाएको जमिन हेलेन शाहको अन्नपूर्ण कृषि फार्मिनिङ खारेज गरेर ट्रष्टको नाममा नल्याउनुमा राजनीति दलहरुको वैमानि र कुदृष्टि थियोे भन्न कुनै शंका छैन।
२०२७ सालमा गाैरिशंकर कृषि फार्मेनिङ कम्पनी खोलेर त्यसमा राखिएको शेर दरबारको जमिन जुन प्रयोजनका लागि हो राखिएको थियोे । कहिल्यै त्यो प्रयोजनमा आएन।बरु फार्मेनिङको नाममा रहेको जमिनको मुल्यांकनको आधारमा शेयर मार्फत जमिन किन बेच गर्न थाले।२०३६ सालमा अन्नपूर्ण कृषि फार्मेनिङको नाममा जमिन ट्रसफर हुदा सम्म भूमाफियाहरुको राम्रै चलखेल भै सकेको थियो ।अन्नपूर्ण फार्मेनिङका शेर धनी र अन्नपूर्ण फार्मेनिङ लिजमा लिएको नाममा नुवाकोटको शेरादरबारमा बसेर केही समय फलफूल लगाएत कृषि उत्पादन गर्न पनि केही मान्छेहरु बस्दै आए तर त्यहा बस्ने मान्छेहरुसंग २०५२ साल पछि माओवादीले चन्दा माग्न थाले।चन्दा दिन्छौं भनेर माओवादी कार्यकर्तालाई सुराकी गरेकाले द्वन्द्वकालमामा माओवादिले शेरादरबारमा बम विस्फोट गराएका थिए।त्यस पछि खालि भएको शेरादरबार माओवादीको शान्ति प्रक्रिया पछि मात्र चलपल सुरुभयो।
हो आज त्यहि जमिनमा स्थाई रुपमा बस्दै आएका छन।प्रचण्ड प्रधानमन्त्री हुदा स्वकीय सचिव रहेका विकेश श्रेष्ठ उर्फ प्रकाश दाहालको काका। यहि विकेश श्रेष्ठको कारण शेरादरबारमा प्रचण्डको संलग्नता कति छ म भन्न सक्दिन तर संका गर्न पर्ने कारण थुप्रै छ।कान्छी रानी हेलेन र जयन्ती शाहको नाममा रहेको जमिन नरेन्द्रलाल प्रधानहरुले ३ करोडमा किनेको शेयर विकेश श्रेष्ठ सम्म आउदा ९ करोड हुँदै विकेशको छोराले शेयर किन्दा सम्म आउदा १३करोड नागेको छ।यति महङ्गो मुल्यमा किन बेच हुने कम्पनीमा के छ जमिन बाहेक केही छैन।उत्पादन शून्य छ।२०६५ मा प्रधानमन्त्री रहेका प्रचण्डको स्वकीय सचिव विकेश श्रेष्ठको ०७२मा ९/१० करोडमा अन्नपूर्ण कृषि कम्पनी किन्ने विकेशको आर्थिक स्रोत के? यश कम्पनीको जमिनमा १करोड बराबरको भवन पनि बनेको छ।उनकै भनाइमा ११ करोड बैंकबाट लोन लिगेर किने अहिले अन्नपूर्ण कृषिकम्पनीबाट व्याज तिर्छु भन्छन।
उत्पादन शून्य जमिनले ११करोड ऋणको व्याज धान्ला?कसले पताई दिने।सीता दाहालको पटक पटकको शेरादरबारमा आगमणले पनि संका उब्जाउछ।काठमाडौंमा रहेको पेट्रोलियम पदार्थको भण्डारण नुवाकोट सार्न खोज्ने हल्ला र यता विकेश श्रेष्ठ अन्नपूर्ण कृषि फार्मेनिङको जमिन व्यक्तिको नाममा र अन्नपूर्ण कृषि कम्पनीलाई मुल्य हिन जमिन खोजेर हाल्न खोज्नुले पनि यो राम्रो नियतले अन्नपूर्ण कृषि फार्मेनिङको शेरय कारोबार र संचालन भन्न सकिन्न।यसरी शेरादरबारको हदबन्दी भन्दा बहिरको जमिनमा भुमाफियाहरुको रकझक देखेपछि हामीले २०७५ सालमा भुमाफियाको कब्जामा रहेको सरकारी सम्पति सरकारले तुरुन्तै अन्नपूर्ण कृषि फार्मेनिङ खारेज गरेर राज्यको मातहत ल्याउन सचेत विज्ञप्ति सहित व्यानर गाडेका थियौ।
व्यानर र प्रेस विज्ञप्ति निस्केको केही समयमै विकेश श्रेष्ठले तात्कालिन SP बसन्त बहादुर कुँवरलाई फोन गरेर के हेरेर बसेको मेरो जमिन कब्जा गर्नेलाई तुरुन्त समात भनेर फोन आएको छ भनेर मलाई सुनाउनु हुन्थ्यो।अपसोच शेरादरबार भुमाफियाको कब्जाबाट मुक्त गर्ने नुवाकोट पार्टीको निर्णयमा नेकपा महासचिव विप्लव माैन रहे। प्रचण्डको साडु भाइ नाताले प्रधानमन्त्री हुदाका स्वकीय सचिव विकेश श्रेष्ठकोले संचालन गरेको अन्नपूर्ण कृषि फार्मेनिङले राज्यको करोडौं मुल्य बराबरको जमिन कब्जा गरेको छ।यसमाथि छिटो पार्टीले निर्णय लिनुपर्छ भनेर सम्बन्धित निकायमा जानकारी पठाईयो।
तर केही जवाफ नआएपछि नुवाकोट जिल्ला पार्टीको निर्णय अगाडि बढ्न सकेन। विकेश श्रेष्ठको राज चलि रहयो। यहि कृषि कम्पनी देखाएर विकेश श्रेष्ठले कृषि अनुदानका थुप्रै कृषि औजार ल्याएर रजगज गरे राज्यको सरोकारवला निकाएले हामीले त्यसरी प्रेस विज्ञप्ति सहित विस्तृत जानकारी संचार माध्यममा दिएसकेपछि पनि सरोकारवला निकाएले चासो देखाएन।हामीले शेरदरबार कब्जा गरेका होइनौं। भुमाफियालाई लखेटेर राज्यको सम्पत्ति राज्यको मातहत ल्याउन खोजेका थियौ।
लेखक विन्तोष शिलवाल अशोक हुन् । उनी विप्लवको पुर्व सेक्रेटरी हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया