पृथ्वी माविले स्वर्ण महोत्सव मनाउने
विदुर खबर
२०८१ पुष १८ गते १०:१९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको पृथ्वी माविले ५०औँ वार्षिकोत्सव स्वर्ण महोत्सवका रूपमा मनाउने भएको छ ।
विद्यालयले सोमबार स्थानीय समुदायका प्रतिनिधिसँग छलफल गरेर स्वर्ण उत्सवका रूपमा मनाउने जनाएको छ । वि.सं. २०३२ पुस २७ गते स्थापित पृथ्वी माविले विभिन्न आरोह–अवरोह पार गर्दै १० वर्षअघिदेखि मात्र एसइई परीक्षामा विद्यार्थी सहभागी गराएको थियो ।
सदरमुकाममा रहेको मावि पछिल्लो पाँच वर्षदेखि जिल्लाको उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको छ । स्वर्ण महोत्सव विविध कार्यक्रम गरेर मनाउन विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर आवश्यक तयारीमा जुटिरहेको प्रधानाध्यापक बाबुराम लामिछानेले बताए ।
देशभरिका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट पाँचमा पर्ने पृथ्वी माविका एक विद्यार्थीले गतवर्षको एसइई परिक्षामा ४ जीपिए ल्याएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया