बेत्रावतीमा पुसे औंसी श्राद्ध गर्नेको भिड
विदुर खबर
२०८१ पुष १५ गते २०:१२
नुवाकोट । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा सोमबार बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भिड लागेको छ ।
त्रिशूली र फलाखु खोलाको संगमस्थल उत्तरगयामा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरुले दिवंगत आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण दिने गर्छन् ।
उत्तरगया क्षेत्रमा टाढा–टाढादेखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरुको भिड लागेको हो । भारतका विभिन्न प्रान्तदेखि, काठमाडौं, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत विभिन्न जिल्लाबाट बर्सेनि हजारौं भक्तजनहरु श्राद्ध गर्न आउने गर्छन्
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया