त्रिशुली सहकारीको अध्यक्षमा पुन : हरिलाल श्रेष्ठ
विदुर खबर
२०८१ पुष १३ गते २२:११
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिशुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन हरिलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार भएको सहकारीको २४ औ साधारणसभाले श्रेष्ठको नेतृत्वमा कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा राजेन्द्र अमात्य निर्वाचित भएका छन् भने सचिवमा राजेश श्रेष्ठ र कोषाध्यक्षमा हरिचन्द्र अमात्य निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सुर्यकुमार श्रेष्ठ, धनवहादुर श्रेष्ठ र ऋषि प्रसाद सापकोटा निर्वाचित भएका छन् ।
त्यस्तै लेखा शुपरिवेक्षण समितिको संयोजकमा केशववहादुर श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा तेजु श्रेष्ठ र सरला प्रधान श्रेष्ठ रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया