सिद्धार्थ बैंक बट्टार शाखाले २२ औं वार्षिकोत्सव मनायो
नुवाकोट । देशको १७ औं वाणिज्य बैंकको रुपमा २०५९ साल पुस ९ गते स्थापित सिद्धार्थ बैंक बट्टारले आफ्नो स्थापनाको २२ औँ वर्ष पूरा गरेको छ ।
बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा सिदार्थ बैंक बट्टार शाखाले एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।
बैंकमा पुगेका सेवाग्राहीबाट बत्ति बालेर र केक काटेर बैंकले २२ औँ वार्षिकत्सव मनाएको सिदार्थ बैंक बट्टार शाखा प्रमुख प्रदिप लोहनीले जानकारी दिए ।
बैंकले आफ्नो २१ वर्ष पार गरी २२ वर्ष सम्मको यात्रामा सहकार्य गर्ने सबै लगानीकर्ता, ऋणदाता र ग्राहकहरुलाई समेत धन्यावाद दिएको छ ।
सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ भने डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया