सुदूरपश्चिम एनपिएलको फाइनलमा
नुवाकोट । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।
बुधबार कीर्तिपुरको त्रिवि मैदानमा भएको ‘क्वालिफायर’मा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।जनकपुरले अब बिहीबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । सो प्रतियोगिता जित्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनलमा पुग्न जनकपुरले १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १८.३ ओभरमै भेटायो ।जनकपुरका ओपनर विनोद भण्डारीले भण्डारीले नटआउट ५५ बलमा ५८ रन जोडे, त्यस्तै सइफ जइबले ३२, ब्रान्डन माक्मलेनले २५, दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन जोडे ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो । जनकपुरका लागि जिमी निशमले ४५ रन, शुभ कंसाकारले २६, लाहिरू मिलन्था १२, हर्ष थाकर १२, आसिफ शेख ११, अरनिको यावदले ११ र शेर मल्ल ३ रन जोडे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया