नुवाकोटको दुप्चेश्वर मेलाको सबै तयारी पूरा

विदुर खबर २०८१ मंसिर २३ गते १८:३६

नुवाकोट । नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा पर्वको अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ ।

Advertisement

‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको हो ।

यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिए । उनका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ ।

Advertisement

दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले बताए । उनले विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी गरिएको जानकारी दिए ।

मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको अध्यक्ष थापाले उल्लेख गरे ।

Advertisement

 

प्रतिक्रिया