छहरे–टोखा सुरुङ मार्ग बन्ने भएपछि नुवाकोटेमा बढ्यो उत्साह

विदुर खबर २०८१ मंसिर २० गते २१:५७

नुवाकोट । नेपाल र चीनबिच छहरे–टोखा सुरुङ मार्ग निर्माण गरिनेसहित नौ बुँदे सहमति भएसँगै उत्साह छाएको छ ।

Advertisement

नेपाल र चीनको दुरी छोट्टाउने उक्त सुरुङ मार्ग निर्माणको सम्झौतासँगै नुवाकोट र रसुवावासी निकै खुसी भएका छन् । नुवाकोटको छहरेदेखि काठमाडौँको टोखासम्म निर्माण हुने आधुनिक सुरुङ मार्गले छिमेकी दुई देशबिचको दुरी छोट्टिनुका साथै, यातायातको चाप घट्ने र आन्तरिक एवं बाह्य पर्यटक बढ्ने भएकाले सर्वसाधारण खुसीका साथ उत्साहित भएका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिकादेखि टोखासम्म सुरुङ मार्ग वनेपछि पृथ्वी राजमार्गको यातायातको चापसमेत निकै कम हुने यातायात व्यवसायीहरू बत्ताउँछन् ।

Advertisement

बीआरआई फ्रेमवर्कमा नेपाल र चीनबिच हस्ताक्षर भएसँगै सोअन्तर्गत छहरे–टोखा सुरुङ मार्गसहित विभिन्न परियोजनाहरू चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएसँगै छहरे–टोखा सुरुङ मार्ग निर्माणमा उत्साह थपिएको हो ।

आयात निर्यात, पर्यटन तथा दुरी छोट्टाउने उद्देश्यका साथ प्रस्तावित छहरे–टोखा सुरुङ मार्गका लागि गत वर्ष नेपाल सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Advertisement

प्रतिक्रिया