वडा कार्यालयद्वारा ५० जनाको निःशुल्क स्वास्थ्य बिमा

विदुर खबर २०८१ मंसिर २० गते १०:५६

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयले आर्थिक अभावकै कारण स्वास्थ्य जीवन बिमा गर्न नसकेका ५० जना नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

Advertisement

सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पु¥याउने भने पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य बिमा गर्न नसकेका छैनन् । वडाका अधिकांश नागरिक आफैँले रकम तिरेर स्वास्थ्य बिमा गरे पनि आर्थिक अभाव कमजोर भएका ११ परिवारका ५० जनाको वडा कार्यालयले सबै शुल्क तिरेर स्वास्थ्य बिमा गरिदिएको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए ।

‘वडाभित्र रहेका सबै नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगुन् भन्ने उद्देश्यले बिमा गर्न नसकेका नागरिकको पहिचान गरी वडा कार्यालयको बजेटबाट स्वास्थ्य बिमा गरिदिएका हौँ,’ उनले भने । आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष न्यौपानेले बताए ।

Advertisement

वडा कार्यालयले विविध शीर्षक मार्फत निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाएको हो । सीमान्तकृत र विपन्न वर्गलाई प्राथमिकता दिएर निश्ल्क बिमा गरिएको वडाध्यक्ष न्यौपानेले बताए । निशुल्क बिमा यहि मंसिर महिनाबाट लागु हुने बताइएको छ ।

आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेको अवस्थामा वडा कार्यालयले नै पैसा तिरिदिएर आफु र आफ्नो परिवारको स्वास्थ्य बिमा गरिदिएकोमा धेरै नै खुसी लागेको स्थानियले बताएका छन् ।

Advertisement

प्रतिक्रिया