अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा न्यायो कपडा वितरण

विदुर खबर २०८१ मंसिर १८ गते २०:१५

नुवाकोट । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसर पारेर अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

मंगलवार च्वाडी पब्लिक मावि, बौद्धिक अपाङ्गता स्रोत कक्षाको आयोजनमा भएको कार्यक्रममा स्रोत कक्षामा रहेका विद्यार्थीहरुलाई विदुर नगरपालिका वडा नम्बर ५ वडाअध्यक्ष लिलानाथ न्र्यौपानेको पहलमा न्यानो कपडा वितरण गरिएको हो ।

Advertisement

अपाङ्ग दिवस तथा न्यायो कपडा वितरण कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले स्रोत कक्षालाई आवस्यक पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्रोत कक्षालाई तत्काल आवश्यक पर्ने केही भए म सहयोग गर्ने प्रतिवद्धता व्यत्त गर्दछु, मेयर श्रेष्ठले भने ।
मेयर श्रेष्ठले विद्यालय आफैमा स्रोत सम्पन्न रहेको भन्दै विद्यालयले नियमित आम्दानी गर्ने बाटो खोज्नु पर्ने जोड दिए ।

उनले अपाङ्गता भएका व्यक्ति वा आश्रित परिवारलाई शिपमुलक तालिम दिएर व्यवसायमा आवद्ध गराउन नगरपालिका र वडा कार्यालयले गरेको बताए । मेयर श्रेष्ठले स्रोतको कमीले च्वाडी मावि पछि परेको बताए ।

Advertisement

यस्तै कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले समावेशी र सामाजिक कार्यमा नगरपालिका र वडा कार्यलयले काम गरिरहेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिहरुको लागि केही कार्यक्रम अपुग भएमा आगामी दिनमा सुधार गर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिनानाथ न्यौपानेले नगरपालिका र वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई स्रोत र साधनले भ्याएसम्म उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।

Advertisement

वडाध्यक्ष न्यौपानले वडा कार्यलय सधै सिमान्तकृत, अपाङ्गता र असहज अवस्थामा परेका व्यक्तिहरुमा सर्मपित रहेको समेत बताए ।

कार्यक्रममा विद्यालयका पुर्व प्रध्यानाअध्यापक तथा शिक्षाविद राम प्रसाद जोशी, मानव अधिकार मञ्च नुवाकोटका अध्यक्ष लोचन भट्टराई लगायतले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले विशेष रुपमा प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक गणेश वहादुर कुमालले स्रोत कक्षाको समस्या र स्थानिय तहसँगको समन्वयको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनाल, स्थानिय समाजसेवी धुर्ब ढकाल, सुन्दर दुवाल, टंक केसि, रामकृष्ण भट्ट लगायत विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया