प्रदेश सरकारको कार्यक्रम र बजेटमा रसुवा प्राथमिकतामा पर्छ : मन्त्री लामिछाने

विदुर खबर २०८१ मंसिर १५ गते २१:२७

रसुवा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बिहिबार रसुवागढी भन्सार र अध्यागमन कार्यालयको अवलोकन गर्दे कार्यालयहरुको क्षमताबृद्धी र प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक जनशक्तिको ब्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

Advertisement

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन कार्यक्रमको सिलसिलामा रसुवा आएका मन्त्री लामिछानेले रसुवा जिल्लाको समग्र सुरक्षा अवस्था र सेवाप्रवाहका संबन्धमा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र जिल्लाका सुरक्षा अधिकारीहरुसग जानकारी लिएका थिए ।

त्यसक्रममा मन्त्री लामिछानेले जिल्ला प्रहरी कार्यालय रसुवा, जिल्ला कारागार, सशस्त्र प्रहरी बल २० नं गणको समेत अवलोकन गरेका थिए । जिल्ला कारागारका प्रमुखले कैदबन्दिका समस्याका बारेमा बताउनु भयो ।

Advertisement

त्यसक्रममा मन्त्री लामिछानेले प्रदेशसरकारको कार्यक्षेत्र संग सम्बन्धित विषयहरुको लागि सहजिकरण गर्ने र आगामी वर्ष मन्त्रालयले योजना कार्यक्रम निर्माणको क्रममा रसुवा जिल्लालाइ प्राथमिकता राख्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया