नुवाकोट तादीका कुसुम कडेँल पक्राउ

विदुर खबर २०८१ मंसिर ९ गते २१:३७

नुवाकोट । कुवेत पुर्‍याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा नुवाकोटका एक महिलासहित दुई जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा तादी गाउँपालिका वडा नम्बर ५ कि ३२ कुसुम कडेँल पक्राउ परेकी हुन् । यस्तै  सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ रहेका छन् ।  उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले एक युवतीलाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने भन्दै कुवेत पुर्‍याएका थिए । कुवेत पुर्‍याएर ९०० केडी (३ लाख ९४ हजार ६६२) मा ती युवतीलाई उनीहरूले बेचेको पाइएको ब्यूरोका एसपी भावेश रिमालले बताए ।

Advertisement

४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याएको र त्यहाँबाट कुवेत पु¥याई बेचबिखन गरेको आरोप उनीहरूमाथि छ । कुवेतको अल्जारा भन्ने ठाउँमा घरेलु कामदारका रुपमा ती युवतीलाई बेचेको पाइएको छ ।

त्यसपछि ती युवतीलाई यौन शोषण समेत भएको र त्यहाँबाट भागेर ती युवती कुवेत प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि कुवेत प्रहरीकै सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्केकी थिइन् ।

Advertisement

त्यसपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया