सुर्यगढी गाउँपालिकाको जेष्ठ नागरिक प्रतिष्ठानलाई एक लाख सहयोग

विदुर खबर २०८१ मंसिर ३ गते १३:३१

नुवाकोट । सुर्यगढी गाउँपालिकाले विदुर ५ मा रहेको देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Advertisement

सोमवार जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले प्रतिष्ठानको लागि भोजन तथा प्रशासनिक व्यवस्थापन खर्चको लागि एक लाख रुपैयाँ र ज्येष्ठ नागरिकहरुको लागि एक लाख वरावरको न्यायो कपडा वितरण गरेको सुर्यगढी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक अधिकारीले जानकारी दिए ।

बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले आगामी दिनमा पनि प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

उनले जेष्ठ नागरिक अनुभवका खानी भएका कारण उनीहरूबाट शिक्षा ग्रहण गरेर पुस्तान्तरणका क्रममा आउँदो पुस्ताले जीवनोपयोगी कार्यमा लगाउन आवश्यक रहेको बताए ।

यस्तै देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले ज्येष्ठ नागरिकका हकमा राज्यले समुचित ध्यान दिन आवश्यक रहेको बताए ।

Advertisement

उनले ज्येष्ठ नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक सुरक्षामा राज्य, समाज र परिवारले पर्याप्त ध्यान दिँदा नै सुसभ्य समाज निर्माणमा सघाउ पुग्न सक्ने उल्लेख गरे ।

प्रतिष्ठानमा अहिले ३६ जना ज्येष्ठ नागरिकहरुले आश्रय लिई बसिरहेका छन् । उनीहरुमध्ये सूर्यगढी गाउँपालिकाका ४ जना रहेका छन् ।

प्रतिक्रिया