युवा संकल्प यात्रामा गिरी, युवालाई उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्य

विदुर खबर २०८१ कार्तिक ३० गते २२:०९

नुवाकोट । वि.पि कोइराला साहित्य तथा अध्ययन प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष एवम् नेपाल तरुण दलका केन्द्रिय सदस्य सुबन गिरी युवा संकल्प यात्रा अन्तर्गत मेचीनगरदेखि महेन्द्रनगरसम्मको अभियानमा गएका छन् ।

Advertisement

अभियानले जनताको सरोकारका विषयको उठान गरेको छ । अभियानले विशेषत भ्रष्टाचारको बिरोध, देशमा सुशासन कायम, युवालाई रोजगार, युवालाई उधमसंग जोडने, कृषिमा युवा लाई प्रोत्साहन गर्ने, युवालाई देशमै बस्ने बाताबरण बनाउन पर्ने लगायतका एजेन्डाहरु युवा संकल्प यात्रामा समेटिएका छन् ।

मेचीनगरदेखि महेन्द्रनगरसम्म पुगेर जनताका समस्या र गुनासोहरु यथार्थ बुझेर सरकारलाई ध्यानाकर्षण गर्ने उदेश्यले अभियान आयोजना गरिएको उनको भनाई रहेको छ ।

Advertisement

अभियानले नेपाली कांग्रेसलाई जनमुखी पार्टी बनाउने र कांग्रेसकै नेतृत्वमा नेपालको राजनीतिलाई नैतिक, सिद्धान्त प्रेरित र मूल्य, मान्यतामा आधारित बनाउन युवा सङ्कल्प यात्राले नेपालको राजनीतिलाई स्वच्छ, स्वस्थ र नैतिक मूल्य, मान्यतामा आधारित बनाउनका लागि पहल गर्ने समेत गिरीले बताए ।

जनताहरुबाट संकलन गरिएको सुझावलाई प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम समेत रहेको छ ।

Advertisement

प्रतिक्रिया